• मंसिर १३ २०८१, बिहीबार

यो कुनै गुटको भेला होइन एमालेको भेला हो : अष्टलक्ष्मी शाक्य

चैत्र ४ २०७७, बुधबार

काठमाडौँ। नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले नेपाल-खनाल पक्षले गरेको भेला कुनै गुटको भेला नभएर पार्टीको भेला भएको स्पष्ट पारेकी छिन् । ललितपुरमा बुधबारदेखि शुरु भएको खनाल – नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले उक्त भेला कुनै गुटको नभएको बताएकी हुन्।

शाक्यले आफूहरूको भेला गुटको भेला नभएको पनि दाबी गरिन् । ‘यो कुनै गुटको भेला होइन एमालेको भेला हो । केन्द्रीय समितिले आयोजना गरेको भेला हो । ढुक्क भएर बस्नु होला ।’, उनले भनिन्

त्यस्तै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल(खनाल पक्षको भेलालाई विधान विपरित भन्दै गर्दा फागुन २८ गते गरेको निर्णय विधान अनुसार छ भन्दै प्रश्न गरेकी छिन् । ‘तपाईले २८ गतेको भेला महसचिव अध्यक्ष बाहेक सबै हटाउने निर्णय विधान सम्मत छ ?’ शाक्यले भनिन् ।