काठमाडौँ। नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको हो ।
उनको हाल भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर फेरि गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।