• मंसिर १३ २०८१, बिहीबार

प्रतिनिधि सभामा कांग्रेसका तीन प्रस्ताव दर्ता

चैत्र ३ २०७७, मंगलवार

काठमाडौंं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा सचिवालयमा तीन प्रस्ताव दर्ता गराएको छ ।                                                                कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण र संकल्प प्रस्ताव सचिवालयमा दर्ता गराएको हो । तीन ओटै प्रस्तावको प्रस्तावकमा सांसद डा. डिला संग्रौला पन्त छिन् ।
प्रस्ताव एउटा विदेशमा नेपाली श्रमिकले रोजगारी गुमाएको सम्बन्धी, एउटा घरेलु हिंसासम्बन्धी र एउटा महिला र बालबालिका हिंसासम्बन्धी छ । तीन ओटै प्रस्ताव गृह मन्त्रालयसँग सम्बन्धित छन् ।