• मंसिर १३ २०८१, बिहीबार

वामदेवले पार्टी एकता अभियान सशक्त बनाउने

चैत्र ३ २०७७, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी एकता अभियान  थप  सशक्त बनाउनेमा जोड दिएका छन् ।
अभियानको कार्यसम्पादन समितिको दोस्रो बैठकको मंगलबार शुभारम्भ गर्दै संयोजक गौतमले भर्खरै पुनःस्थापित नेकपा (एमाले) मा खुशी साथ एकताबद्ध हुने अवस्था नरहेका जनाउदै कम्युनिष्ट आन्दोलन विभाजित भएर छिन्नभिन्न हुन गइरहेको अवस्थामा एकता अभियानलाई थप सशक्त र सक्रिय हुनुपर्नेमा जोड दिएकाा हुन्  ।

सर्वोच्च अदालतको निर्णयका आधारमा अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विसं २०७५ जेठ ३ गते पूर्वको अवस्थामा पुनःस्थापित भएका छन् । प्रतिनिधिसभाको विघटनपछि विभाजन उन्मुख भएका दुवै समूहमा नलागी पार्टीमा पुनः एकता गराउने उद्देश्य राखेर एकता राष्ट्रिय अभियान निर्माण गरिएको उनले बताए ।

सो बैठकमा अभियानका गतिविधि, पार्टी एकता, वामपन्थी सरकार पुनर्निर्माण लगायतका विषयबारे छलफल गरिने जनाइएको छ ।