काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भण्डारीले बोलाएको सहभागी नहुने भएका छन् ।
नेपाल खनाल सचिवालयका अनुसार भोलि बुधबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकोले नेपाल र खनाल दुबै नेता सर्वदलीय बैठकमा नजाने भएका हुन् ।
त्यस्तै, पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सर्वदलीय बैठकमा जाने भएका छन् ।