• मंसिर १३ २०८१, बिहीबार

सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि बनाइयो अध्यक्ष मण्डल

चैत्र ३ २०७७, मंगलवार

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल बनाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गरेका हुन् ।

मनोनयन गरिएका सदस्यहरूमा नेपाली कांग्रेसबाट डा.डिला संग्रौला पन्त र मानबहादुर विश्वकर्मा,नेकपा एमालेबाट राधा कुमारी ज्ञवाली,लालबाबु पण्डित र सोमप्रसाद पाण्डे,माओवादी केन्द्रबाट रेखा शर्मा र जसपाबाट रेणु कुमारी यादव मनोनित भएका छन् ।

उनीहरुले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाउनेछन् ।

प्रतिनिधि सभाको अर्को बैठक यही चैत ६ गतेका लागि बोलाइएको छ ।