• मंसिर १३ २०८१, बिहीबार

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

चैत्र ३ २०७७, मंगलवार

काठमाडौँ । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले सांसद दिनेशचन्द्र यादवको निधनमा दुख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो ।

स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

अर्को बैठक चैत्र ६ गते अपरान्ह १ बजेका लागि बोलाइएको छ ।