• असार ३ २०८२, मंगलवार

केपी ओली र प्रचण्डबिच भयो फोनवार्ता

चैत्र २ २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले प्रचण्डसमक्ष पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै पार्टी दुईवटा भए पनि आपसमा छलफल गरौं भनि प्रस्ताव गरेका छन् । यता दाहालले कुनै जवाफ नदिएको स्रोतले जानकारी दियो ।

गत पुस १५ गते ओलीले दाहाल पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेका थिए । त्यसयता उनीहरुबीच सामान्य संवाद पनि भएको छैन ।

सर्वोच्च अदालतले नेकपा पार्टी ऋषि कट्टेलको नाममा हुने गरि फैसला दिनुका साथै माओवादी केन्द्र र नेकपा एमालेलाई ब्यूँताइदिएको छ ।