काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको छ ।
सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्युँतिएपछि ओली र नेपाल औपचारिक रुपमा पहिलोपटक छलफलमा बसेका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, उपनेता सुवासचन्द्र नेम्वाङ र रघुजी पन्त, सचिव प्रदिप ज्ञवाली सहभागी छन् । त्यस्तै नेपाल पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल सहभागी छन् ।