सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले आज दिउँसो लहानमा भएको बम बिस्फोटपछि कडा सुरक्षाको व्यवस्था गरेको छ ।
लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट हुँदा ८ जना घाइते भएका छन् । जसमध्ये एक जना गम्भीर घाइते भएका छन् ।
बम बिस्फोटपछि जिल्ला प्रशासन कार्यालय सिरहाले सबै कार्यालय प्रमुखहरुलाई आ-आफ्नो कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ । 