• बैशाख १८ २०८३, शुक्रबार

पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना सङ्क्रमण

चैत्र १ २०७७, आईतवार

काठमाडौं,देशभर थप ५३ जनामा कोरोनासङ्क्रमण पुष्टि भएको छ ।विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ हजार ६१५ जनाको कोरोना परीक्षण गरिएकोमा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ८ सय ८१ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ३२६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।