काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सोमबार ११ बजे बस्ने निर्णयसहित सकिएको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे केन्द्रलाई रिपोर्टिङ गरेका थिए ।
प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै बैठकमा आफूले केन्द्रका तर्फबाट पार्टी एकता, एकताको उद्देश्य, एकतको उद्देश्यमा कसरी प्रहार भयो भन्नेलगायका विषयमा धारणा राखेको उनले बताए ।
नेकपा माओवादी केन्द्रको अर्को बैठक भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।