काठमाडौं । सिराहाको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । मालपोत कार्यालयको माथिल्लो तलामा केहीबेरअघि विस्फोट भएको थियो ।
विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
विष्फोट गराउनेहरुको खोजी भइरहेको छ ।