काठमाडौं । आज (बिहीबार) राति पनि देशको पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले अघि साँझ ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति देशभरका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।
यसैगरी भोलि दिउँसो पनि पहाडकै थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।
साथै सो दिनको राति पनि पहाडी भेगकै थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
महाशाखाले जारी गरेको यो चेतावनी भोलि शुक्रबार साँझ ६ बजेसम्मका लागि हो।