• मंसिर ११ २०८१, मंगलवार

विश्वको पर्यटन गन्तब्य अझै बन्द

फाल्गुन २७ २०७७, बिहीबार

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ भने विश्वकै एक प्रमुख पर्यटन गन्तब्य अझै पनि पुर्ण रुपमा बन्द रहेको विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) ले बताएको छ ।

कोभिडका कारण पर्यटन क्षेत्र करीब १५ महिनायता लगभग बन्द अवस्थामा छ । खर्बौ रुपैयाँ लगानी भएको नेपालको पर्यटन क्षेत्रसमेत कोरोनाका कारण संकटमा पुगेको अवस्थामा एनडब्ल्यूटीओको यात्रा प्रतिबन्ध रिपोर्टको नवौं संस्करणमा विश्वव्यापी तीन स्थान मध्ये एक पर्यटन गन्तब्य अहिलेसम्म पनि पूर्ण रूपमा बन्द रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्ता पर्यटकीय गन्तब्य मध्ये एशिया र प्रशान्त क्षेत्रमा ३०, युरोपमा १५, अफ्रिकामा ११, अमेरिकामा १० र मध्य पूर्वमा ३ पर्यटकीय गन्तब्यहरु पूर्ण रुपमा बन्द छन् ।

संगठनको पछिल्लो तथ्यांककका अनुसार, कोभिड–१९ भाइरसको नयाँ रूपको उदयले धेरै सरकारको यात्रा प्रतिबन्ध घटाउने प्रयासलाई कम गर्न प्रेरित गरेको उल्लेख छ । सोही कारण धेरैजसो एशिया, प्रशान्त महासागर र यूरोपका देश पर्यटकका लागि बन्द भएका छन् ।
युनडब्लुटीआकोे प्रतिवेदनले विश्वका २ सय १७ गन्तव्यमा यात्रा प्रतिबन्ध बारेका नियमको विश्लेषण गरिएको छ । यद्यपि अघिल्ला प्रतिवेदनमा यात्रामा प्रतिबन्ध घटाउने वा हटाउनेतर्फ महामारीको स्थितिमा लगातार आइरहेका गम्भीर र चिन्ताजनक फेरबदलले सरकारलाई बढी सतर्क बनाएको उल्लेख छ ।
फेब्रुअरीको सुरुवातदेखि, विश्वभरका सबै गन्तव्यको ३२ प्रतिशत पूर्ण रूपमा अन्तर्राष्ट्रिय पर्यटन बन्द छ । यी मध्ये, आधा भन्दा बढी ४० हप्ताको लागि बन्द गरिएको थियो । सोही समयमा, विश्वव्यापी ३४ प्रतिशत गन्तव्य आंशिक रूपमा अन्तर्राष्ट्रिय पर्यटकका लागि बन्द रहेका छन् । युएनडब्ल्यूटीओका महासचिव जुराब पोलाइश्विलीका अनुसार भाइरसको फैलावट रोक्न यात्रा प्रतिबन्ध बढाइएको छ ।