१. हामी चाकरी गर्दैनौ भन्छौ । तर मौका पाउनासाथ तर के हामी ठूलाबडाको चाकरी गर्दैनौ र ?
२. आमुन्नेमा हामी अरुको खुब तारिफ गर्छौ, तर के हामी पछाडि पनि उनीहरुको तारिफ गर्छौ त ?
३.आफुभन्दा कमजोरलाई त हामी मद्दत गर्न तयार हुन्छौ । तर के आफ्नो बराबरीका नातेदार समकक्षीलाई पनि त्यस्तै भावनाले मद्दत गर्छौ ?
४. आफुलाई मन नपर्ने मानिसलाई दुःख पर्यो भने के हामी उनीहरुप्रति पनि सहानुभुति देखाउँछौ ?
५. आफ्नो सहकर्र्मी आफुभन्दा माथिल्लो पदमा पुग्यो भने ऊमाथि नपुगोस् भन्नका लागि हामीले प्रत्यक्ष बदमासी नगरे पनि के अप्रत्यक्ष रुपले उसका बारे नकारात्मक गाइँगुइँ चलाएका छैनौ ?
६. के हामी सानातिनालाई मद्दत गरेर उनीहरुलाई आभारी बनाउन खोज्दैनौ र उनीहरुलाई गरेको मद्दतको प्रचार भएको रुचाउँदैनौ ?
७. बोल्ने बेलामा हामी राष्ट्रहित र समाज हितका कुरा गर्छौैं, तर आफुलाई फाइदा हुने काम भयो भने के हामी ती कुराहरु बिर्सिदिदैनौं ?
८ के हामी मौका पाउनासाथ घुस लिएका छैनौ ? कर छलेका छैनौ ? के हामीलाई त्यस्ता अनैतिक कामहरु गर्दा आत्मग्लानी हुन्छ ?
९. सडकमा दुर्घटना भयो भने के हामी अरुलाई मद्दत गर्न जान्छौ ? या टुलुटुलु हेरेर मात्र बिचरा भन्दै आफ्नो बाटो लाग्छौ ?
१०. मध्यरातमा कुनै आफन्तलाई आपतबिपद पर्दा उसलाई के हामी मद्दत गर्न तम्सिन्छौ ? या, बहाना बनाएर आलटाल गर्न खोज्छौ ?
स्रोतः कर्ण शाक्यको कृति ‘खोज’ (पेज १५३–१५४) ।