• बैशाख २० २०८२, शनिबार

विनयजंगमाथि पाँच वर्ष कैद र एक लाख जरिवाना माग

फाल्गुन २५ २०७७, मंगलवार

काठमाडौं । सपना रोका मगरलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतमाथि पाँच वर्षसम्म कैद र एक लाख जरिवाना माग गरिएको छ ।

बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म जरिवाना वा दुबै सजायको मागदाबी र अभद्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवानाको मागदाबी गरिएको हो ।

प्रहरीले बस्नेतमाथि अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गरेको थियो। दुबै मुद्दा अन्तर्गत सजायको मागदाबी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले बताउनुभयो ।

बस्नेतमाथि प्रहरीले अनुसन्धान सकाएर मंगलबार रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेको थियो।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।