काठमाडौं । नेकपा माओवादी केन्द्रले सदन र सरकार सञ्चालनका विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसद् सञ्चालन, सरकार र राजनीतिक प्रक्रिया अघि बढाउने विषयमा कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आजको बैठकले फागुन २९ गते केन्द्रीय कमिटी बैठक तथा चैत १ गते गते प्रशिक्षण भेला बोलाउने पनि निर्णय गरेको छ ।