काठमाडौँ /
सर्वोच्च अदालतले केपी ओली र पुष्पकमल दाहालको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट (नेकपा)लाई वैधता नदिएपछि अथवा पूर्व एमाले र माओवादी केन्द्र ब्यूँताईदिएपछि ओली र प्रचण्डले आ–आफ्नो पार्टीको बैठक बोलाएका छन् । उनीहरुले गठन गरेको नेकपामा साविक एमाले र माओवादी केन्द्रबाट स्थायी समितिमा माओवादी केन्द्रका केही सदस्यहरु साविक एमालेमै रहने निर्णय गरेका छन् भने धेरैजसो साविक माओवादी केन्द्रमै रहेका छन् ।
माओवादी केन्द्रमै रहेका स्थायी समिति सदस्यहरु
१.पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
३.जनार्दन शर्मा ‘प्रभाकर’
४.शक्ति बस्नेत ‘सुरेशसिंह’
५.चक्रपाणी खनाल ‘बलदेव’
६.वर्षमान पुन ‘अनन्त’
७.पम्फा भुषाल ‘विद्युत’
८.कृष्णबहादुर महरा ‘अमरसिंह’
९.देवप्रसाद गुरुङ ‘कान्छा बहादुर’
१०.देवेन्द्र पौडेल ‘सुनिल’
११.हरिबोल गजुरे ‘शितलकुमार’
१२.अग्निसापकोटा ‘कन्चन’
१३.गिरिराजमणी पोखेरेल
१४.गणेश साह
१५)मात्रिका यादब ‘रामसिङ्’
माओवादी केन्द्र र नेकपा एमाले बीच पार्टी एकता भएपछि र हाल ती दूवै पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि केपी ओलीकै नेतृत्वमा रहेका पूर्वमाओवादी नेताहरु पनि छन् । उनीहरुको नाम यसप्रकार रहेको छ ।
१.रामबहादुर थापा ‘बादल’
२.टोपबहादुर रायमाझी ‘अनिल’
३.मणिचन्द्र थापा ‘अनुकूल’
४.लेखराज भट्ट ‘राकेश’
प्रचण्ड अर्थात माओवादी केन्द्रमा रहेका स्थाई समिति सदस्य अग्नि सापकोटा संघीय संसदका सभामुख रहेकोले पार्टीको बैठकमा सहभागी हुन मिल्दैन भने माओवादी केन्द्रबाट एमालेमा रहेका ४ नेता हाल मन्त्रीको पदमा रहेका छन्।