दैलेखकी एक महिलाले महिला दिवसकै दिन आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । सोमबार आठबिस नगरपालिका-३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।
१४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका-४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ भने आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए । उनका श्रीमानले मदिरा सेवन गरेर दिनहुँ जसो झगडा गर्ने सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।