• मंसिर १३ २०८१, बिहीबार

दाहाल – नेपाल समूहको स्थायी कमिटी बैठक शुरु

फाल्गुन २४ २०७७, सोमबार

काठमाडौँ। दाहाल- नेपाल समूहको स्थायी कमिटी बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक शुरु भएको हो ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र नेकपा सम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे छलफल हुने बताइएको छ ।

स्थायी कमिटी बैठकअघि माधवकुमार नेपाल पक्षले छलफल गरेको थियो ।

छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो। अदालतको निर्णयपछि एमाले र माओवादी केन्द्र ब्यूँताएकाे छ।