• मंसिर १३ २०८१, बिहीबार

पुनरावलोकनका लागि कानुनी परामर्शमा छौं : माधव नेपाल

फाल्गुन २४ २०७७, सोमबार

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो निर्णयपश्चात् अस्तित्वमा नरहेको फैसला गरिएको नेकपाका दाहाल-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले दलसम्बन्धी सर्वोच्च अदालतको फैसलावारे आफूहरु कानुनी परामर्शमा रहेको बताएका छन् । उनका अनुसार सर्वोच्चको उक्त फैसलामाथि पुनरावलोकन गरिनु जरुरी छ । उनी थप्छन्- माग नै नभएको विषयमा सर्वोच्चले प्रवेश गरेकाले उक्त फैसला पुनरावलोकन गरिनु पर्छ ।

उनका अनुसार सर्वोच्चको यो फैसला आफैमा राजनीतिक विषयमा प्रवेश गरेको देखिएको छ । राजनीतिक विषय सर्वोच्चको अधिकार क्षेत्रभित्र पर्दैन । उनी जोड दिन्छन्– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दाबीको फैसला लिंदा सर्वोच्चले एमाले र माओवादी केन्द्रका बीचमा भएको एकता प्रक्रिया भंग हुन गई देशमा अस्थिरता सिर्जना हुन सक्ने वातावरण बन्न गएको छ ।

अध्यक्ष नेपालले यसको न्यायिक निरुपणका लागि आगामी बाटो के हुन सक्छ यसैमा गम्भीर रुपमा छलफल भइरहेको जानकारी गराए । राजनीतिक दलमाथि अन्याय भएको संकेत गर्दै उनले थपे– अबको न्यायिक बाटो भनेको पुनरावलोकन नै हो ।

नेपालका अनुसार उक्त समूह यसबारेमा आवश्यक धारणा बनाइसकेपछि सर्वोच्च अदालत जाने सोचमा रहेको देखिन्छ ।