• मंसिर १३ २०८१, बिहीबार

सर्‍यो दाहाल – नेपाल समूहको स्थायी कमिटी बैठक

फाल्गुन २४ २०७७, सोमबार

काठमाडौँ। नेकपा दाहाल – नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्चको फैसला र आगामी रणीनितिबारे छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।

आइतवार बेलुका दाहाल – नेपाल समूहले कानून विद्हरुसँग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।