• मंसिर १३ २०८१, बिहीबार

अरुको परिचयको लागि लड्ने प्रचण्डले आफ्नै परिचय गुमाए : सहिद परिवार

फाल्गुन २३ २०७७, आईतवार

नेपालको राजनीतिमा देखा परेको उतार चढावप्रति जनयुद्धका सहिद परिवारले पनि प्रतिकृया दिएका छन् । सहिद परिवारले प्रचण्डले जनयुद्धको अस्तित्व नै समाप्त गर्दै गएकोप्रति इंगित गर्दै यसो बताएका हुन् । सहिद परिवारले प्रचण्डले आफ्नो आइडेन्टी बचाउन कहिलै नलागेको गुनासो पनि गरेका छन् ।

दाङका सहिद परिवार गगन गिरीले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा आजको सर्वोच्च अदालतले गरेको फैसलाप्रति साचो राख्दै यस्तो बताएका हुन् । सर्वोच्च अदालतले आज केपी ओली र प्रचण्डमध्ये कुनैपनि समूहको दावीलाई मान्यता नदिएपछि हाल प्रचण्ड कुनै पनि पार्टीको अध्यक्षको हैसियतमा छैनन् । ‘गिरीले अरुको आइडिन्टीको लागि लड्दा के भइने रहेछ भन्ने कुरा राम्रोसँग याद आयो होला नि ?’ भन्दै दुःखेसो पोखेका छन् ।

जनयुद्धमा  बाबु , भाई र ज्वाईं गुमाएका गिरी तत्कालीन माओवादी जनसेनाका बटालियन कमिसार थिए । जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड शान्ति प्रकृयापछि नारायणकाजी श्रेष्ठ नेतृत्वको पार्टीसित पार्टी एकता गरेपछि माओवादीको नाम नेकपा माओवादी केन्द्र बन्यो भने एमालेसित एकता गरेपछि प्रचण्ड नेपाल कइुनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष भए ।

सो पार्टीमा आएको विवाद पनि ओली र प्रचण्डले पार्टी र भण्डाप्रति आआफ्नै दावी गरेपनि सर्वोच्म अदालतको आजको फैसलाले २ समूहलाई नै मान्यता नदिएपछि प्रचण्ड आज कुनैपनि पार्टीको नेता रहेनन् । गिरीले नेपालको राजनीतिमा देखिएका नकारात्मक प्रवृतिको विरोध गर्दै आइरहेका छन् ।