काठमाडौं । निर्वाचन आयोग नेपालले सत्ताधारी पार्टीका रुपमा मानिदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज हुने गरी ऋषि कट्टेलको नेकपालाई मान्यता दिएपछि र नेकपा एमाले सन्ध्या तिवारीका नाममा र नेकपा माओवादी (केन्द्र) गोपाल किरातीका नाममा दर्ता भएको अवस्था भएकाले ओली र दाहाल–नेपाल दुवै खेमा दलविहीन अवस्थामा रहेका छन् ।
निर्वाचन आयोगको निर्णय सदर गर्दै सर्वोच्चले नेकपा अब अस्तित्वमा नरहेको र यसका नेता तथा कार्यकर्ताको हैसियत पूर्ववत् रहेको भनी फैसला गरे पनि निर्वाचन आयोगले तिवारीका नाममा दर्ता रहेको एमाले र किरातीका नाममा दर्ता रहेको माओवादी केन्द्रको कानुनी हैसियत खारेज नगरेकाले ती ओली–दाहाल–नेपालहरु हाल दलविहीनताको अवस्थामा छन् ।
तिनीहरुले दलको मान्यता लिन कानुनतः तिवारीको एमाले र किरातीको माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएर प्रक्रिया सुरु गर्नुपर्ने छ ।