• असार ३ २०८२, मंगलवार

छोरीमाथी बलात्कार प्रयास गर्ने बुवा पक्राउ

फाल्गुन २३ २०७७, आईतवार

बर्दिबास । आफ्नै छोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप बुवा पक्राउ परेका छन् । यो महोत्तरीको घटना हो ।

जिल्लाको बर्दिबास नगरपालिका खयरमारामा घरमा कोही नरहेको बेला १३ वर्षीया छोरीमा बलात्कारको प्रयास गरेको आरोपमा ती पुरूषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका आरोपित बुवालाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरू गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।