• मंसिर १३ २०८१, बिहीबार

कांग्रेस नेताहरुले उठाए प्रश्न : विप्लव समूहसँग भएका हतियार खै ?

फाल्गुन २१ २०७७, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शान्तिपूर्ण राजनीतिमा आएको नेकपा नेत्र विक्रम चन्द विप्लव समूहसँग भएको हतियारका बारेमा प्रश्न उठाएका छन् ।

नेता केसी शुक्रबार प्रेस युनियन चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै हतियार व्यवस्थापन नभएकोमा आपत्ति जनाएका हुन् ।

सरकारसँग गरिएको तीन बुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा उल्लेख नभएको भन्दै यसलाई कांग्रेसले गम्भीर रुपमा लिएको नेता केसीको भनाइ छ । हतियार व्यवस्थापनलाई वेवास्ता गरेर सरकारले गम्भीर गल्ती गरेको उनको आरोप छ ।

‘सरकार र विप्लव समूहविचको तीन बुँदे सहमतिमा सकारात्मक रुपले हेरेका छौं । त्यसलाई स्वागतयोग्य र सकारात्मक मान्दामान्दै पनि तीनबुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा छैन’ केसीले भने ।

प्रवक्ता शर्माले पनि सामाजिक संजालमार्फत प्रचण्ड आउँदा ? खोलाले बगायो । थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ ।