• मंसिर १३ २०८१, बिहीबार

सहमति राज्यसत्ता रुपान्तरणको एक खण्ड पूरा गर्ने कोसेढुङ्गा हो : विप्लव

फाल्गुन २१ २०७७, शुक्रबार

करीब तीनवर्षको भूमिगत जीवनपछि खुला भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको राज्यसत्ता खण्डखण्डमा रुपान्तरणको हुँदै आएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी र सरकारका बीचमा शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा भएको हस्ताक्षर समारोहलाई सम्बोधनगर्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा विप्लवले शुक्रबार भएको शान्ति वार्ताको निर्णय हस्ताक्षर समारोहलाई अर्को खण्डको प्रक्रियाका रुपमा व्याख्या गरेका छन् । त्यसैले हस्ताक्षर समारोह आफैमा नयाँ दिन भएको उनको दाबी छ । यो सहमति कुनै पार्टी, वा नेपाल कम्युनिष्ट पार्टी–सरकारको मात्र नभएर स्वाधीन नेपाल र स्वाधीनताको चाहना राख्ने नेपालीहरु सबैको भएको बताएका छन् ।

वार्ता र सहमति आफैमा ऐतिहासिक भएकाले यसले नेपालको इतिहासमा घाम र जुनको मिलन गराएको विप्लवको बुझाइ छ । यसको सबै जस सहिद , घाइते, अपांग तथा सहीद परिवार र मेहनतकस नेपाली जनतामा जाने उनले बताए ।
कम्यनिष्ट पार्टी तथा तिनका नेताहरु सबै दु:खपीडा सहेर बेहोरेर आएका हुनाले तिनले जनताका पीडा मर्मको बोध गरी सिंगो राज्यसत्ता रुपान्तरणको प्रक्रियामा अघि बढ्नु पर्ने कुरामा जोड दिए ।
गरिएको तीन–बुँदे सहमति पत्रमा आफूहरु प्रतिबद्ध रहने कुरामा जोड दिंदै विप्लवले नेपालको राज्यसत्ता रुपान्तरणको प्रक्रियामा गरिएको यो सहमति आफूहरुले पालना गर्नमा कुनै कसर बाँकी नराख्ने बताए ।