• मंसिर १३ २०८१, बिहीबार

अबको राजनीतिक निकासको विकल्प कांग्रेसले दिनुपर्छ : कमल थापा

फाल्गुन २१ २०७७, शुक्रबार

राप्रपाका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा पुनःस्थापनापछि मुलुकमा उत्पन्न राजनीतिक कता लैजाने भन्ने निर्णायक शक्ति कांग्रेस बनेको बताएका छन् । शुक्रबार रुपन्देहीको भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अब बल कांग्रेसको कोर्टमा गएको छ ।’ नेकपा विभाजन भएमा सरकार गठनका लागि बल कांग्रेसको कोर्टमा पुग्ने उनले औंल्याए । ‘अहिले मुलुकसामु दुईवटा विकल्प छन्, एउटा अपवित्र गठबन्धनका माध्यमबाट सांसद किनबेच र राजनीतिक अस्थिरता निम्ताउने र दोस्रो संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने,’ उनले भने, ‘कांग्रेसले दोस्रो विकल्पलाई रोज्नुपर्छ ।’

अध्यक्ष थापाले अपवित्र गठबन्धन गर्ने हो भने त्यसको मूल्य कांग्रेसले लामो समयसम्म चुकाउनुपर्ने तर्क गरे । संसद विघटन बदर गर्ने सर्वोच्चको निर्णय स्वागतयोग्य रहेको उनले बताए । सर्वोच्चले संविधानको धारा ७६ (१) को सरकारले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भनेर संसद पुनस्र्थापना गरिदिए पनि अब ७६ ९७० अनुसार विघटन हुने र ताजा जनादेशको विकल्पमा जानुपर्ने उनको तर्क छ ।

सर्वोच्चको फैसलापछि मुलुकमा अस्थिरता निम्तिने संकेत देखिएको भन्दै उनले यसले प्रजातान्त्रिक प्रणालीलाई पनि कमजोर बनाउने जिकिर गरे । ‘जनताले शान्ति र स्थिरताका निम्ति नेकपालाई म्याण्डेट दिएका हुन्, तर नेकपा कुर्सी र सत्ता कब्जाको खेलमा लागेर जनतालाई धोका दियो,’ थापाले भने ।