२ महिना अघि ललितपुरबाट पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला काभ्रे हिरासतबाट रिहा भएका छन् । सरकारसितको वार्तामा प्रहरी हिरासतमा रहेका नेता तथा कार्यकर्तालाई बिनासर्त रिहा गर्ने सहमति अनुसार उनी आज रिहा भएका हुन् । ललितपुरबाट काभ्रे लगिएको ११औं दिनमा बास्तोला रिहा भएका छन् ।
काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको बताए । यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी प्रहरीले काभ्रे हिरासत पुर्याएको थियो ।
बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो । आज दिउसो २ बजे प्रम केपी ओली र नेकपाका महासचिव विप्लवले विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सरकारसित भएको सहमति अनुसार केही दिनमा सो पार्टीका १४४ भन्दा बढि कार्यकर्ता तथा नेताहरु छुट्दैछन् ।