• बैशाख १९ २०८२, शुक्रबार

राइनासकोटमा पूर्वप्रहरीको भेला

फाल्गुन २१ २०७७, शुक्रबार

लमजुङको राइनासकोट नगरपालिकामा पूर्वप्रहरी संगठनको भेला सम्पन्न भएको छ । नगरपालिकाका उपमेयर धनकुमारी गुरुङ र संगठनका जिल्ला अध्यक्ष कुलबहादुर गुरुङको सभापतित्वमा भएको भेलाले ७ जनाको कार्यसमिति चयन गरेको छ ।

जसको अध्यक्षमा चित्रबहादुर श्रेष्ठ, उपाध्यक्ष गोविन्दराज पौडेल, सचिव तिलकबहादुर ढुंगेल, कोषाध्यक्ष होमबहादुर तामाङ र सदस्यहरुमा शालिकराम थापा, मोहनलाल श्रेष्ठ र महाकाली सेढाई रहेका छन् ।

कार्यक्रममा पूर्वप्रहरी संगठनका केन्द्रिय सदस्य विरसिंह घले, गंगाबहादुर अधिकारी, सूर्य पण्डित, शुकबहादुर विक, बमबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।