काठमाडौं, २० फागुन। नेकपाका प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा जाने तयारी गरेका छन् । निर्वाचन आयोगले नेकपा विवादबारे कुनै निर्णय नगरेपछि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित राजधानीमा भएका केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी गरिएको बताइएको छ ।
बुधबार यसैका लागि भनेर केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको थियो ।
तर, आयोगले भने ५ पुसभन्दा पछाडि गरिएको दाबीलाई मान्यता नदिने निर्णय गरेको जनाइएको छ ।