• बैशाख १८ २०८२, बिहीबार

आफताब आलमलाई छुटाउन प्रयास गर्छु : देउवा

फाल्गुन १९ २०७७, बुधबार

काठमाडौंं । कांग्रेस सभापति शेरबहादुर देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आफताब आलमलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन्।

आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको देउवाले बताए।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका–६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको बुधबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए।

अर्को प्रसंगमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे।

महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ।