काठमाडौँ। गोंगबुमा कृष्णबहादुर बोहोराको विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभरीलाई आजीवन जेल सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौँले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको हो ।
कल्पनाले गत साउन २५ गते आफ्नै कोठामा दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहराको शरीर र टाउको काटेर सुटकेशमा हाली सडकमा फालेकी थिइन् ।
सोही घटनामा संलग्न रहेकी कल्पनालाई आजिवन काराबासको फैसला सुनाएको र उनकी छोरीलाई भने सफाइ दिने फैसला गरेको अदालत स्रोतले जनाएको छ । नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो ।