काठमडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले बताएको छ ।
फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।