• मंसिर ११ २०८१, मंगलवार

मिर्गौला समस्याको सामान्य लक्षण

फाल्गुन १९ २०७७, बुधबार

हाम्रो मिर्गौलाको समस्या दिनप्रतिदिन बढ्दो छ । खासगरी खराब दिनचर्या र खानपानले मिर्गौलामा अनेकन समस्या देखापर्न थाल्छन ।

खानपानको गलत बानीले मिर्गोलाको कार्यसम्पादनलाई प्रभावित गर्छ, र विषाक्त पदार्थहरु बाहिर निकाल्नबाट रोक्छ । यस्तोमा हाम्रो शरीरले पनि हाम्रो मिर्गाैलामा नराम्रो संक्रमण छ भनेर केही स्पष्ट संकेत दिन्छ ।

१. पिठ्युँमा दुखाई

मिर्गौला सुन्निने र संक्रमणको कारण पिठ्युँको दुखाई हुन सक्छ । यदि तपाईंको पिठ्युमा अचानक दुखाई महसुस हुन्छ भने यसलाई नदेखेको जस्तो नगर्नुहोस् । लामो समयसम्म पिठ्युँमा दुखाई भएमा यसले किड्नीमा गम्भिर इन्फेक्सनको संकेत दिन्छ ।

२. पिसाबमा रगत आउने

पिसाबमा रगत आइरहेको छ भने यो मिर्गौलामा संक्रमणको लक्षण हुन सक्छ । पिसाबमा रक्तश्राव कम हुन सक्छ तर यसलाई बेवास्ता नगर्नुहोस् । यो किड्नी सुन्निने कारण पनि हुन सक्छ ।

३. पिसाब फेर्दा दुखाई

पिसाब फेर्दा पोल्ने र दुखाई महसुस हुनु पनि मिर्गौला संक्रमणको संकेत हुन सक्छ । मानिसहरु अक्सर यसलाई बेवास्ता गर्छन् तर तपाईले तुरुन्त डाक्टरसँग भेट्नुपर्छ । यो मिर्गौला र मुत्राशय सुन्निने कारण पनि हुन सक्छ ।

४. बारम्बार पिसाब आउने

यदि धेरै तरल पदार्थहरुको सेवन नगरेको अवस्थामा पनि तपाईंलाई बारम्बार पिसाब फेर्न जानुपर्छ भने यो मिर्गौलामा संक्रमणको स्पष्ट संकेत हो । ब्याक्टेरियाहरुले किड्नीमा हस्तक्षेप गर्नाको कारण यस्तो हुन सक्छ । तपाईंलाई लगातार पिसाब गर्न जाने इच्छा महसुस हुन्छ ।