बनेपा । नेकपाका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पितृ शोक परेको छ । बाँस्कोटाका ९४ बर्षका पिता हरिप्रसाद बाँस्कोटाको मङगलबार साँझ ५:३० बजे मन्डनदेउपुर नगरपालिका ४ चैनपुरस्थित निवासमा मृत्यु भएको हो । बाँस्कोटाका चार छोरा र तीन छोरी रहेका छन् । मृतक बाँस्कोटामा कुनै रोग नरहेको जनाइएको छ । उहाँको मन्डनदेउपुरस्थित चाखोलामा दाहसंस्कारको तयारी भएको जनाइएको छ ।