• मंसिर १३ २०८१, बिहीबार

उपचारपछि फर्किए बाबुराम

फाल्गुन १८ २०७७, मंगलवार

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किएका छन् । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषदका अध्यक्ष भट्टराई यही फागुन ९ गते उपचारका लागि नयाँ दिल्ली गएका थिए ।

उपचार पूरा भएपछि उनी मंगलबार अपराह्न काठमाडौं फर्किएका हुन् । न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंकामा परीक्षणका लागि उनी नयाँ दिल्ली पुगेका थिए । उनको बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् ।

चिकित्सकहरुले केही महिनामै ट्युमरको शल्यक्रिया गरी फाल्न सुझाब दिएका छन् । चिकित्सकहरुले तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चेतावनी दिएका छन् ।