• मंसिर १३ २०८१, बिहीबार

वनमन्त्री आलेको खुलासाः वैज्ञानिक वन कार्यक्रम खारेज नगर्न १ अर्बको प्रलोभन

फाल्गुन १८ २०७७, मंगलवार

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न १ अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गरेका छन्।

काठमाण्डौंमा मंगलबार आयोजित सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा सो खुलासा गरेका हुन।

‘जुन दिन मैले पदको वहाली त्यही दिनदेखि काठ व्यवसायीदेखि, वनका केहि कर्मचारीले मलाई भेट्ने प्रयास गरे’ उनले भने, ‘मैले कसैलाई भेटिन। पछि हामी एक अर्ब रुपैयाँ उठाएर दिन्छौ भन्ने कुरा पनि आयो।’

मन्त्रीले आलेले त्यतिबेला १ अर्ब रुपैयाँ समातेर आफ्नो मुखमा कालोमोसो दल्ने काम गर्दैन भनेर इन्कार गरेको बताएका छन्।

सरकारले माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकबाट वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको थियो।