काठमाडौं । बुधबार फागुण १९ गते सभामुख,सबै मन्त्री र सांसदहरुलाई कोरोना बिरुद्धको खोप लगाईने भएको छ । बुधबार बिहान १० बजे सिभिल हस्पिटलमा खोप लगाउने व्यवस्था गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जानकारी दिए ।
फागुण २३ मा संसदको बैठक बस्नु अघि नै सभामुख, मन्त्री, सांसदलाई खोप लगाउने तय भएको हो ।
त्यस पछि फागुण २३ गतेदेखि दोस्रो चरणको खोप अभियान शुरु हुँदैछ । त्यस अभियानमा ज्येष्ठ नागरिकहरुलाई लगाईने छ । यस अघि पहिलो चरणमा स्वास्थ्यकर्मी सहित फ्रन्ट लाईनमा खटिनेहरुका लागि खोप दिईएको थियो ।
नेपालले भारतबाट १० लाख डोज खोप अनुदानमा पाएको थियो । भने थप २० लाख डोज खरीद गरेको थियो । त्यस मध्य १० लाख डोज खोप नेपाल आईसकेको छ ।
यसै गरी चीनले पनि छिट्टै ८ लाख डोज कोरोनाको खोप उपलव्ध गराउने घोषणा गरिसकेको छ ।