काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि काम गर्ने सरकार चाहिएको बताएका छन् । मंगलबार झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनताको लागि काम गर्ने सरकार चाहिएको बताएका हुन् ।
‘नेपाली जनताको लागि कम्फर्टेबल सरकार निर्माण गर्न चाहेका छौँ।’ उनले भने, ‘सबैसँग मित्रता रहेर सबैसँग सहकार्य गरेर समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्नुपर्छ।’
यसैबीच ओलीले आफूहरुको अभियान रोजगारीको सिर्जना गर्ने पनि बताए । उनले भने, ‘विदेशिने युवाहरुको पंक्ति बढ्दो छ । अब गाउँमै बस्ने स्थितिहरु बनाउँछौं । एउटा मात्रै क्षेत्रमा पाँच वटा पुल शिलन्यास गरेर उद्घाटन पनि गरिसकेको छु ।
’
सर्वोच्च अदालतको निर्णयपछि अबको राष्ट्रिय राजनीतिक कसरी अगाडि बढ्छ भन्नेबारे केन्द्रित हुनुपर्ने बताए। ‘यो देश बनाउनुपर्छ, बिगार्न हुँदैन, देश विकासका लागि आउने तगारो हटाएर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘देश विकास गर्न छिमेकी मुलुकसँग पनि सहकार्य गरेर अगाडि बढ्नुपर्छ।’
अदालतले संसद् ब्युँताएरै आफूलाई केही नभएको बताए। ‘अदालतले संसद् ब्युँतायो। मलाई के भयो त? केही भएको छैन। अबको राजनीतिक अब कसरी अगाडि बढ्छ भन्ने हो’, उनले भने, ‘म सकारात्मक ढंगले अगाडि बढ्न चाहान्छु, संसदमा सक्दो पहल गर्छु।’