• बैशाख १८ २०८२, बिहीबार

पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना सङ्क्रमण

फाल्गुन १८ २०७७, मंगलवार

काठमाडौँ। देशभर थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार १२७ जनाको कोरोना परीक्षण गरिएकोमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार २९४ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय ७४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ७२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७० हजार ५४३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ ।