• भाद्र १ २०८३, सोमबार

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

फाल्गुन १७ २०७७, सोमबार

ताप्लेजुङको दोभान बजार क्षेत्रमा भीषण आगलागी भएको छ। बिहान करिब साढे आठ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन ।
आगो नियन्त्रण गर्न दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले जानकारी दिए ।

आगलागीबाट अहिलेसम्म कम्तिमा २५ घर जलिसकेको बताइएको छ । मेरिङ गाउँपालिकामा पर्ने दोभान बजारमा १५० घर रहेका छन् ।