काठमाडौँ। नेकपा दाहाल – नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आइतबार सर्वोच्च अदालत पुगेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानि हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।
सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो।
प्रचण्डले विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले सर्वोच्चमा अवहेलनासम्बन्धी रिट दायर गरेका थिए ।