काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।
प्रधानमन्त्री झापा पुगेर दिनभर जिल्लाका विभिन्न विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम रहेको छ । उनले कमल गाउँपालिका र गौरादह नगरपालिकामा चीनको सहयोगमा बन्न लागेको ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को शिलान्यास गर्ने छन् ।
सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो ।फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।