• मंसिर १२ २०८१, बुधबार

आफ्नै सहकर्मीलाई प्रतिबन्ध लगाउने केपी र प्रचण्डहरु कम्युनिस्ट होइनन्ः वैद्य

फाल्गुन १४ २०७७, शुक्रबार

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले आफ्नै सहकर्मीलाई प्रतिबन्ध लगाउने केपी र प्रचण्डहरु कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।

आज राजधानिमा भएको एक अन्तरकृया कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा संसदीय व्यवस्था समाप्तीको चरणमा आएको बताए । हालको संसदीय व्यवस्था र यो संविधानले देशको रक्षा गर्न नसक्ने उनको विचार रहेको छ ।

आफूहरुले संविधानसभालाई राज्यसत्ता प्राप्त गर्ने कार्यनीतिकोरुपमा बुझेको तर प्रचण्डहरुले यसलाई नै रणनीति बनाएकोले आज यो संकट आएको बताए ।

सर्वोच्च अदालतले ओलीको फासिवादलाई असफल बनाएको भन्दै वैद्यले वैज्ञानिक समाजवादी व्यवस्था नै अबको नेपालको राजनीतिको विकल्प भएको ठोकुवा गरे ।