काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले गणतन्त्र संकटमा परेको बताएका छन् ।
सहिद, जनयुद्ध र वर्तमान राजनीतिक अवस्थाबारे अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् । उनले सहिदर बेपत्ता घाइतेहरुका माग सम्बोधन गर्न बाँकी रहेको जनाउँदै जनयुद्ध गर्नु भन्दा पहिले राम्रो काम गरेको बुझाइ रहेको बताए ।
जनयुद्धले उठाएका विषय ठिक रहेको जनाउँदै अब शान्तिपूर्ण रुपमा यसलाई सम्बोधन शान्तिपूर्ण रुपमै गर्नुपर्छ भनेर नागरिक समाजले भनेको हुनाले जनयुद्धबाट नयाँ राजनीति गर्ने भनेर शान्ति प्रक्रियामा आइएको बताए ।