• असार २ २०८२, सोमबार

संवैधानिक परिषद्को निर्णय बदर गर्न सभामुख सापकोटाको आग्रह

फाल्गुन १४ २०७७, शुक्रबार

काठमाडौंं । सभामुख अग्निप्रसाद सापकोटाले मंसिर ३० गतेको संवैधानिक परिषद्को बैठकबाट गरिएको निर्णय बदर गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन्।

सभामुख सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बैठकबारे जानकारी नै नदिई एक पक्षीय रुपमा निर्णय गरेको आरोप लगाउँदै निर्णय बदर गर्न माग गरेका हुन् ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सभामुख सापकोटा समेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै इजलासले विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

मंसिर ३० गते बसेको बैठकको निर्णय भन्दै उनले पुस ५ गते मात्रै विवरण सार्वजनिक गरेको समेत अदालतलाई पठाएको जवाफमा उल्लेख गरिएको छ ।

परिषदको तर्फबाट पुस ३ गते लेखिएको पत्र संसद सचिवालयलाई पुस ५ गते दिउँसो पौने ३ बजे मात्रै प्राप्त भएको उनले जिकिर गरेका छन्।