काठमाडौं, देशभर थप ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ९४४ जनाको कोरोना परीक्षण गरिएकोमा थप ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय ३६ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७० हजार २७७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।