• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भेटवार्ता

फाल्गुन १४ २०७७, शुक्रबार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपाध्यक्ष गौतम र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली समक्ष पार्टी एकताको प्रस्ताव गरेका छन् । गौतमले पार्टी एकताका लागि पहल गर्न आग्रह गरेपनि यता ओलीले भने प्रष्ट जवाफ नदिएको स्रोतले जनाएको छ।

उपाध्यक्ष गौतमले बिहीबार दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।